हदबन्दीको कारण विदेशी लगानी प्रभावित


नेपालमा नाइजेरियाको डांगोटे, चीनको हङकङ रेड लायन र हुवाजिन सिमेन्टले एक खर्बभन्दा माथिको लगानी भित्र्याउन खोजिरहेका छन् । तर, भुमि सम्बन्धी ऐन २०२१ को दफा ७ मा रहेको जग्गा हदबन्दी व्यवस्थाका कारण स्वदेशी तथा विदेशी व्यवसायीले गर्न लागेको खर्ब बढीको लगानी रोकिएको छ ।
भूमि सम्बन्धी ऐन २०२१ को दफा ७ अनुसार एक व्यक्तिले तराईमा ११ बिघा, पहाडी क्षेत्रमा ७५ रोपनी र काठमाडौं उपत्यकामा ३० रोपनी जग्गा राख्न पाउँछ । यो प्रावधानका कारण विदेशी मात्रै होइन, स्वदेशी उद्योगी तथा व्यवसायीसमेत मारमा पर्ने गरेका छन् ।
भूमि ऐनमा रहेको हदबन्दीसम्बन्धी यही प्रावधानका कारण तीनवटा विदेशी सिमेन्ट उद्योगले नेपालमा गर्न खोजेको ठूलो लगानी सहज रुपमा भित्रन सकेको छैन ।
नागरिक लगानी बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार डांगोटेले ५ सय ५५ मिलियन, हुवाजिनले १ सय ४० मिलियन तथा हङकङ रेड लायनले ३ सय ६० अमेरीकी डलर बराबरको लगानी गर्न लागेका छन् । यो रकमलाई नेपालीमा रुपैयाँमा रुपान्तरण गर्दा १ खर्ब १५ अर्ब भन्दा माथि हुन्छ ।
तर, कम्पनी दर्ता गर्दै जग्गा खरिद गर्न लाग्दा यी कम्पनीले जग्गा हदबन्दीको समस्या भोगेका छन् । लगानी बोर्डका प्रवक्ता रबि भट्टराईले भने– ‘यी सबै कम्पनीलाई जग्गा हदबन्दी प्रमुख समस्या बनेको छ, वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया र खानीका लागि वनबाट जग्गा स्वीकृति पनि झञ्झटिलो छ ।’

हदबन्दी फुकाइदिनhydropowerrepresa-5-de-noviember_oilwatch आग्रह ः

नेपालमा लगानी गर्न खोजिरहेका तीनवटै कम्पनीको लगानी प्रक्रियालाई सहजीकरण गर्ने जिम्मा पाएको लगानी बोर्डले केहीको जग्गा हदबन्दी फुकाइदिन आग्रह गर्दै मन्त्रालयहरुमा पत्राचारसमेत गरेको छ ।
नेपाल सरकारले ०७० साल कात्तिक १५ गते डांगोटेको लगानी स्वीकृत गरेको थियो । भुमिसुधार मन्त्रालयले दिएको जानकारी अनुसार ६ महिना अघि यो कम्पनी जग्गा हदबन्दी हटाइदिन भन्दै भुमिसुधार मन्त्रालय पनि पुगेको थियो ।
तर, मन्त्रालयले ५ सय रोपनी भन्दा बढी जग्गा आफुले स्वीकृति दिन नसक्ने बताएपछि अहिले यो कम्पनी निराश भएर बसेको छ । केही समययतादेखि यो कम्पनी जग्गाको कुरा लिएर मन्त्रालय आउनसमेत छाडेको छ ।
भूमिसुधार मन्त्रालयले सिमेन्ट उद्योगलाई ५ सय रोपनीसम्म जग्गा स्वीकृत गर्न सक्छ । तर, डांगोटेका लागि अहिले २ सय ८ विगाहा जग्गा आवश्यक छ ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...