पोर्चुगिज गोलकिपरलाई मैदान भित्रै ‘रकेट लञ्चर’ प्रहार, अस्पताल भर्ना


काठमाडौं । फुटबल समर्थकले फालेको आगोको मुस्लो लियोन क्लबका गोलरक्षक एन्थोनी लोपेजको टाउकोमा लागेपछि शनिबार फ्रेन्च लिगअन्तर्गत लियोन र मेट्जबीचको खेललाई रेफ्रीले २८ मिनेटपछि स्थगित गरेका छन्।
मैदानमा भएको दुर्भाग्यपूर्ण यो घटनाका कारण खेल स्थगीत गर्दै गोलकिपर लोपेजलाई अस्पताल दौडाइएको थियो।

विपक्षी टोलीका समर्थकले फालेको आगोको पहिलो मुस्लो उनको टाउकोमा लागेको थियो। उनलाई मैदानमै उपचार गराइरहेको अवस्थामा उनीमाथि पुनः अर्को आगोको मुस्लो फालिएको थियो।

यो घटनापछि करिब एक घण्टा खेल अवरुद्ध बनेको थियो। पछि रेफ्रिले खेल स्थगित गर्ने निर्णय गरेका थिए।

फ्रान्सको पहिलो श्रेणीको लिगअन्तर्गत शनिवार मेट्जको घरेलु रंगशाला स्टेड सान्ट–सिम्पोरियनमा खेल हुँदै थियो। बोतलमा आगो राखेर फ्याँकिएको पहिलो ‘रकेट लञ्चर’ डिबक्सको ६ यार्ड भित्र खसेको थियो।

यतिबेला आयोजक मेट्जले गाउथेर हेइनको गोलमा १–० को अग्रता बनाएको थियो। पछि लोपेजको टाउकोमा आगोको बोतल बजारिन पुग्यो। मैदानभित्रै उपचार भइरहेको बेला उनलाई लक्षित गर्दै अर्को आगोको बोतल पनि फ्याँकिएको थियो।

मैदानको अवस्था तनावपूर्ण बन्न पुगेपछि रेफ्रि लिओनेल जाफ्रेडोले दुवै टोलीका खेलाडीलाई ड्रेसिङ रुममा फर्किन निर्देशन दिएका थिए।

२६ वर्षीय लोपेज पोर्चुगलका अन्तर्राष्ट्रिय गोलकिपर हुन्, जसको जन्म फ्रान्समा भएको थियो। लियोनका अध्यक्ष जाँ–मिचेल अयुलासले ट्विटरमार्फत घटनाको भत्र्सना गरेका छन्। ‘यो निन्दनीय घटना हो। घटनामा हाम्रो किपर एन्थोनी लोपेज घाइते भएका छन्, टोलीका चिकित्सकसहित।’

सन् २०१६ मा पोर्चुगलले युरो कपको उपाधि जित्दा लोपेज टोलीका सदस्य थिए।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: