१२ बुँदे सम्झौतामा हस्ताक्षर गर्दै केसीले ताडे अनसन


काठमाडौँ । विगत २२ दिनदेखि अनशनरत डा गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन् । सरकार र केसीबीच १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएपछि केसीले अनसन ताडेका हुन् ।

सरकारले हिजो अनशन तोडाउने सरकारी प्रयास हिजो पनि पनि सफल हुन सकेको थिएन । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किएको थिएन ।

दुवैतर्फका वार्ता टोलीले राती १२ बुँदे सहमतिको मस्यौदा तयार गरेका थिए । आइतबार सहमतिपत्रमा हस्ताक्षर भएको वार्तामा सहभागी डा जीवन क्षेत्रीले बताए ।

सहमतिपत्रमा हस्ताक्षरपछि भूकम्पमा परी आमा गुमाएकी सिन्धुपाल्चोककी साँढे दुई वर्षीया बालिका मारसाङ तामाङको हातबाट जुस पिएर केसीले अनसन तोडे ।

अनसन तोडेपछि वरिष्ठ चिकित्सक केसीले नागरिक समाज र संचार माध्यामको दवावमा मात्रै सरकारले आफूले उठाएका माग सम्बोधन गर्न तयार भएको बताए । उनले आफनो माग पुरा गराउन संचार माध्याम र नागरिक समाजको भूमिका प्रशंशायोग्य रहेको भन्दै आभार व्यक्त गर्नु भयो । चिकित्सक केसीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनका लागि अझै दवावको आवश्यक्ता पर्न सक्ने पनि उल्लेख गरे । उनले नेता र सरकार आफनो माग पुरा गराउन संवेदनशिल नभएको आरोप पनि लगाए ।

अनसन तोडिएलगत्तै वरिष्ठ चिकित्सक केसीलाई शिक्षण अस्पतालको सघन कक्षमा उपचारका लागि लगिएको छ । चिकित्सक केसीको माग अनुसार चिकित्सा शाष्त्र अध्ययन संस्थानको नयाँ डिनमा डाक्टर जेपी अग्रवाल नियुक्त गरिएको छ । केसीको माग अनुसार केपी सिंहले राजीनामा दिएपछि अग्रवाललाई नियुक्त गरिएको हो ।

सहमति अनुसार त्रिभुवन विश्व विद्यालयको उपकुलपतिको बर्खास्तीको माग बारे अध्ययन गरी सुझाव दिन केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिने छ । त्यसै गरी अव चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेज विस्तार वा अन्य कुनै पनि नयाँ कार्यक्रम ल्याउन नपाउने व्यवस्था पनि गरिएको छ । केसी र सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्त बहादुर श्रेष्ठद्धारा हस्ताक्षरित सहमति पत्रमा एमविविएस अध्ययनका लागि ३८ लाख रुपैया शुल्क लिन पाउने व्यवस्था गरिएको छ । मेडिकल क्षेत्रको सुधार र त्यसमा सर्वसाधारणको पहँच पु¥याउन माग राख्दै केसी दसौंपटक अनसनमा बसेका हुन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: