वामदेव, विष्णु, टोपबहादुर र चन्द्रले भैरहवामा ओर्लिएर एकैस्वरमा भने- पाँच नम्बर प्रदेश कसैले टुक्राउन सक्दैन् 


सरकारले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशको पहाडी जिल्ला र तराईका जिल्लालाई अलग गर्न थालेपछि त्यसको विरोधमा ती जिल्लाका जनताहरु स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।

जनता मात्रै हैन यतिबेला ती जिल्लाबाट निर्वाचित सांसद तथा नेताहरु पनि ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव कदापि स्वीकार्य नहुने भन्दै आन्दोलनमा सहभागी भएका छन् । प्रदेशको प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, रोल्पा लगायतका जिल्लाहरुमा सडक आन्दोलन चर्किएको छ ।

युवा, विद्यार्थी, उद्योग वाणिज्य संघ एवं राजनीतिक दलका संघसंस्थाहरु यतिबेला अखण्ड ५ नम्बर प्रदेशको पक्षमा देखिएका छन् । यता ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा प्रस्ताव दर्ता गर्ने सरकार सहभागी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु पनि सरकार र आफ्नो दललाई चुनौती दिँदै जनताको पक्षमा देखिएका छन् ।

chandra-bishnu-top

सडक र संसदबाट संशोधन प्रस्तावको चर्को विरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता वामदेव गौतम, विष्णु प्रसाद पौडेल, घनश्याम भुषाल सँगै शुक्रबार भैरहवा ओर्लिएका माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकार र पार्टीको भन्दा जनताको भावना अनुसार चल्ने बताएका छन् । एमाले उपाध्यक्ष गौतम, उपमहासचिवद्वय पौडेल र भुषाल सँगै बुटवलमा शुक्रबार दिउँसो आयोजित विरोध सभालाई सम्बोधन गर्न आएका माओवादी पोलिटब्यूरो सदस्य तथा अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझी र कांग्रेस नेता एवं गुल्मीबाट निर्वाचित सांसद भण्डारीले आफ्नो क्षेत्रका जनताले जे भन्छन् त्यही गर्ने प्रतिबद्धता जनाउँदै जनताको चाहना अखण्ड ५ नम्बर प्रदेश रहेको हुँदा पार्टी र सरकारको निर्देशनलाई लत्याएर जनतासामु आएको जानकारी दिए ।

butwal-janapardarshan

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: