बानेश्वरमा व्यापक रुपमा सम्पन्न भयो विरोध सभा


संविधान संशोधनको माध्यमबाट लुम्बिनी सहितका पहाडी जिल्लाहरु तराईबाट अलग गर्न लागिएको विरोध स्वरुप काठमाडौंको माइतीघर मण्डला स्थित विरोधसभा आयोजना गरिएको छ । नेकपा 

(एमाले)को अग्रसरतामा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) सहितका दलहरुको समेत सहभागिता रहेको थियो भने गुल्मी काठमाडौ सम्पर्क मञ्चमा अावद्द सबै जसाेकाे उपस्थिति थियोे । गुल्मिका ३ अाेटै क्षेत्रिय मञ्चमा अावध्द्द पदाधिकारी सहितका व्यक्तिहरूले नेत्रित्व गरेको ििवराेधसभा माईतिघर मण्डलाबाट शुरु भइ नयाँ वानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा मन्तव्य राख्ने क्रममा नेपाली काङ्ग्रेसका लेखनाथ पोख्रेलले पुर्वका झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा कोही बोल्न नसक्ने, पश्चिमका कैलाली, कञ्चनपुर लगायतका जिल्लाको सम्बन्धमा कसैले मुख खोल्न नसक्ने तर गौतम बुद्धको जन्मस्थल तथा शान्ति क्षेत्र लुम्बिनीमा भने पहाड र तराईका जिल्लालाई छुट्याएर शान्ति खल्बल्याउने काम नेपाल र नेपालीको हितमा नभएको बताए । नेपालमा जन्मिए पश्चात् नेपाल आमाको दूधको अभिभारा तिर्नको निम्ति समेत राष्ट्रियताको पक्षमा उभिनुपर्ने उनको धारणा थियो । अनेरास्ववियुका ठाकुर गैह्रेले मातृभूमी माथि धावा बोल्न खोजिएको भन्दै राष्ट्रको रक्षाको निम्ति यसरी विशाल जुलुस सहित विरोधमा उत्रनुपरेको बताए । संविधान संशोधनको विपक्षमा नै करिब २ तिहाई सांसदहरु रहेको अहिलेको अवस्थामा संसदमा संविधान शंसोधन विधेयक पेस गर्नु साथै यस संविधानलाई सर्वसम्मत अवस्थामा समेत परिवर्तन गर्न नसकिने कुरालाई ख्याल नगरी एकलौटी ढङ्गमा अघी बढेर प्रस्ताव दर्ता हुनु आफैंमा असंवैधानिक रहेको समेत बताए । नेपाल स्वतन्त्र मुलुक भएको र यहाँ हस्तक्षेपकारी नीति लागु हुन नदिनको निम्ति ज्यानको आहुति दिन आफुहरु तयार रहेको भन्दै उनले कुनै हालतमा पनि रोल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, दाङ लगायतका जिल्लाहरु आपसमा छुट्याउन नदिने समेत बताए । संशोधन विधेयक खारेज नभए सम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

लुम्बिनी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ठानेश्वर बस्यालले कुनै पनि हालतमा आन्दोलनलाई विज
यी पथमा पु¥याउनको निम्ति सबैलाई आग्रह गरे । कार्यक्रममा वस्यालले अहिलेको सरकारको संशोधन प्रस्तावमा आफ्नै र सरकारकै दलको समेत समर्थन नरहेको बताए ।
नेकपा (माओवादी केन्द्र)का सदस्य हेमन्त घिमिरेले सरकारको संविधान संशोधनको प्रस्तावले प्रचण्ड नेतृत्वको सरकार ढल्ने कुरा स्पष्ट पारे । यस भन्दा 

पहिले प्रधानमन्त्री भएको समयमा कटुवाल काण्डमा उनको सरकार ढलेको स्मरण गराउँदै आफ्नै दलका प्रधानमन्त्रीले जनताको भावना बमोजिम काम गर्न नसकेको कारण अबका दिनमा जनताको भावना बमोजिम नेतृत्व लिन सक्ने क्षमतावान राजनेता मुलुकमा आवश्यक रहेको उनले औंल्याए ।

यसको साथै ५ नं प्रदेशका सांसदहरुलाई नेपालमा चुनाव हुने वातावरण आएको खण्डमा पनि फ्लर क्रस गरेर राष्ट्र र राष्ट्रियताको पक्षमा अघी बढ्नको निम्ति समेत चुनौती थिए । ५ नं क्षेत्रका सांसदहरुले यसो गर्न नसक्ने हो भने ती नेताहरुको राजनीति पनि समाप्त हुने उनको तर्क थियो । अहिलेको अवस्था देशको हितमा नभएको भन्दै जनताले राजनीतिक दल बनाउन सक्ने तर राजनीतिक दलले जनता बनाउन नसक्ने तर्फ पनि उनको जोड थियो ।
कार्यक्रममा नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवाली, अञ्चल सम्पर्क मञ्चका बाग्मतीका अध्यक्ष श्याम बस्नेत लगायत अन्य अञ्चल, जिल्ला, क्षेत्र तहका नेता तथा कार्यकर्ताहरु अनेरास्ववियु, युवा संघ नेपालको अलावा सञ्चारकर्मीको समेत उपस्थिति थियो । आन्दोलन कुनै दल विशेषको आभाष हुने वातावरण थिएन । राष्ट्रको हितको निम्ति आन्दोलन भएको प्रष्ट हुन्थ्यो । सो कार्यक्रममा img_20161203_135834-1सर्वसाधारणहरुको समेत बाक्लो उपस्थित थियो । उपस्थित सबैजसो गोलबन्द भएर आन्दोलनलाई हाँकिरहेका देखिन्थे । कुनै अप्रिय घटना नहोस् र शान्तिसुरक्षालाई कायम राख्न सकियोस् भन्ने उद्धेश्य सहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरु समेत तैनाथ देखिन्थे ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...