संविधान संशोधन विरुद्ध बुटवलमा उर्लियो मानव सागर


बुटवल । सविधान संशोधन विरुद्ध बुटवलमा बिशाल प्रदर्शन भएको छ । २०६२/६३ को जनआन्दोलनलाई सम्झाउने गरी बुटबलमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । विरोध सभास्थलमा प्रदर्शनकारी नअटाएपछि केहीबेर तनाव भएको थियो । प्रदर्शनमा ५ नं. प्रदेशका १२ वटै जिल्लाका सबै दलका नेता, कार्यकर्ता सहभागी थिए ।

प्रदर्शनपछि आयोजित सभामा एमाले नेता बिष्णु पौडेल, धनश्याम भुषाल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारी लगायत बिभिन्न दलका नेताले सम्बोधन गरेका थिए ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: