ग्रामीण आदर्श तथा एन.आर. क्याम्पसका विद्यार्थीहरुद्वारा संयुक्त विरोध


unnamed-12

नेपालका जनताहरुको भावना विपरीत प्रदेश नम्बर ५ लाई टुक्र्याउने उद्धेश्य सहित संविधान संशोधनको सत्तासिन राजनीतिक दलहरुले प्रस्ताव दर्ता गराएको संसोधन प्रस्तावको  नेपाल भर सर्वत्र विरोध भएको छ । यसको नेतृत्व विद्यार्थीहरुले गरेका छन् ।

यसै सन्दर्भमा आज विहान काठमाडौंको नेपालटार स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन.आर. बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्ववियुका विद्यार्थीहरुले संयुक्त रुपमा सोही प्रस्तावको राष्ट्रघाती भएको र कुनै पनि हालतमा संसदमा दर्ता भएको उक्त प्रस्ताव पास  गराउन नहुने भन्दै आन्दोलन गरेका हुन् । विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा गरेको उक्त आन्दोलनमा टायर समेत जलाएका थिए ।

 

‘संविधान संशोधन राष्ट्रको हितमा नभएको’ कारण कुनै हालतमा पनि संविधान शंसोधन गर्न नहुने उनीहरुको माग थियो । ग्रामीण आदर्श क्याम्पसका अनेरास्ववियु अध्यक्ष बाबुराम कुवँरले अहिलेको सरकारले ५ नं प्रदेशलाई तराईका जिल्लाबाट अलग गर्ने निर्णयले देशलाई नै खण्डीकरण गर्ने भन्दै यस निर्णयको विरुद्धमा सम्पुर्ण विद्यार्थी, पेशाकर्मी, व्यवसायी, राजनीतिक दल, सञ्चार माध्यम तथा सरोकारवाला सबैले पहल गर्नुपर्ने धारणा सेतोघर डट कम अनलाइन न्युजका प्रतिनिधिसँगको कुराकानीको क्रममा व्यक्त गरे ।

काठमाडौंको नेपालटार स्थित विद्यार्थीहरुको विरोधको कारण विहान भरी जसो सडक अवरुद्ध बनेको र सडकमा सवारी नचल्दा सास्ती भोग्नुपरेको यात्रुहरुको गुनासो छ ।222-copy

विगत केही दिन पहिले सरकारले गरेको यस निर्णयका कारण नेपालको राजधानी शहर लगायत पश्चिम लुम्बिनी अञ्चल अन्तरगत बुटबल, अर्घाखाँची,  गुल्मी लगायतका जिल्लाहरुमा निकै नै आन्दोलन चर्किएको छ भने जनजीवन थप कष्टकर बन्दै गएको छ । यदि राज्यले समयमा नै यसबारेमा विचार गरेर प्रस्ताव लिर्ता नलिने हो भने नेपाल नै ठप्प हुन सक्ने अवस्था समेत देखिएको छ ।  प्रचण्ड नेतृत्वको सरकारले संसदमा दर्ता गरेको यस प्रस्तावलाई नेकपा ९माओवादी केन्द्र० सहितका दलहरुले नै विरोध गर्दै आएका छन् । विरोधको मुख्य नेतृत्व नेकपा ९एमाले० ले गरेको छ । मानव अधिकारवादी संस्थाहरु तथा सर्वसाधारण जनताहरु पनि यस प्रस्तावको विरोधमा नै छन् ।

यद्यपि नेपालका मधेस केन्द्रित दलहरुलाई सहमतिमा ल्याउनको निम्ति शंसोधन प्रस्ताव दर्ता गरिएको भनिएको यस प्रस्तावमा मधेसी दलहरु पनि सन्तुष्ट छैनन् । यसले गर्दा सबैजना पछिल्ला दिनहरुमा शंसोधन प्रस्ताव आखिर के को लागि दर्ता गरिएको हो भन्ने अन्यौलतामा रहेका छन् । खासगरी राजनीतिक दलको लागि नभई जनताको हितको निम्ति संविधान संसोधन गर्नु
आवश्यक नै छैन ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: