फेड कप: बेलारुस र अमेरिका बराबरी


मिन्स्क । युएस ओपन च्याम्पियन स्लोएनी स्टेफेन्सलाई बेलारुसकी आर्यना साबालेन्काले पराजित गरेपछि घरेलु टोली बेलारुस फेड कपको फाइनलमा प्रवेश गरेको हो । घरेलु मैदान मिन्स्कमा घरेलु दर्शकको साथ पाएको खेलमा आर्यनाले स्टेफेन्सलाई ६–३, ३–६ र ६–४ ले हराउँदै जित बराबरी गरिन् । विश्व नम्बर १३ की युएस च्याम्पियन स्टेफेन्सले एक सेट गुमाए पनि सेटमा पुनरागमन गरेकी थिइन् ।

तर, १९ वर्षीया आर्यनाले दुई सेट आफ्नो पक्षमा पार्दै जित निकालिन् । दुई पटककी ग्रान्डस्लाम च्याम्पियन भिक्टोरिया अजरेन्काको नाम फिर्ता भएपछि विश्व नम्बर ७८ की आर्यनाले फेड कप फाइनलको यात्रा तय गरेकी थिइन् । अमेरिकी स्टार कोको भेन्डेवेघेसँग अलिक्सान्द्रा सास्नोभिच पराजित भएपछि बेलारुस १–० ले पछि परेको थियो ।

कोकोले अलिक्सान्द्रालाई ६–४ र ६–४ ले पराजित गरेकी थिइन् । सेरना विलियम्स र भेनस विलियम्सविना पनि अमेरिकी टोलीले १८औँ पटक फेडकप जोगाउन सकेका छन् । अब अर्को खेलमा साबालेन्काले विश्व नम्बर १० भेन्डेवेघे र ८७औँ वरियताकी अलिक्सान्द्राले स्टेफेन्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: