सप्तरीको गौरामा घाँटी रेटेर श्रीमानले गरे श्रीमतीको हत्या


सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । बोदेवर्साइन नगरपालिका–३ गौराका ३२ वर्षका जयप्रकाश यादवले २९ वर्षकी श्रीमती ललिता देवी यादवको घाँटी रेटेर हत्या गरेका हुन् ।

मंगलबार खेतमा धान काट्न गएका बेला सामान्य विवाद हुँदा जयप्रकाशले हँसियाले ललिताको घाँटी रेटेर हत्या गरेको ईलाका प्रहरी कार्यालय बोदेवर्साइनका प्रहरी निरीक्षक उमाशंकर सिंहले जानकारी दिनुभयो । श्रीमतीको हत्या गर्ने जयप्रकाशलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: