मुलुकको नेतृत्व लिने अब हाम्रो पालो : घनश्याम श्रेष्ठ


काठमाडौं । नेकपा (माले)बाट काठमाडौं क्षेत्र नम्बर १० को (ख) प्रदेशबाट उम्मेद्वारी दर्ता गराएका छन् पात्र हुन् घनश्याम श्रेष्ठ । उनी मुलुकको विकास र जनताका आकांक्षाहरुलाई सम्बोधन गर्ने सबैभन्दा उत्तम माध्यम नै राजनीति भएको भन्दै सोही कारण आफू पनि राजनीतिमा होमिएको दाबी गर्छन् । हाल ३४ बर्ष उमेरका श्रेष्ठ आफूले उम्मेदवारी दिएको क्षेत्र कृषि, पर्यटन, साना तथा घरेलु उद्योग लगायतले निकै सम्पन्न क्षेत्र रहेको दाबी गर्छन् ।

उक्त क्षेत्रको विकास जहिले पनि पछि परेको भन्दै स्थानीय बासिन्दाहरुका समस्या समाधानको निम्ति आफू निरन्तर रुपमा लागिरहने बताउने श्रेष्ठ २ मुख्य दलहरुको बीच तुलनात्मक रुपमा सानो दलबाट निर्वाचनमा सहभागि हुन लागेका हुन् । यसपटक देखि निर्वाचन सम्बन्धी भएको विशेष व्यवस्था बमोजिम राखिएको थ्रेसहोल्डको कारण राजनीतिमा नयाँ आउन चाहने व्यक्तिलाई निकै कडा प्रतिष्पर्धाको सामना गर्नुपर्ने अवस्थामा निर्वाचनमा संलग्न हुन लागेका श्रेष्ठको उम्मेदवारीलाई स्थानीयवासीहरुले विशेष चासोको रुपमा हेरेका छन् ।

विकासको सम्भावना :
चन्द्रागिरी केवलकार क्षेत्र नजिकै रहेको मातातीर्थ क्षेत्रका स्थानीय बासिन्दा समेत रहेका श्रेष्ठ उक्त क्षेत्रमा पर्यटन क्षेत्र फस्टाउने निकै राम्रो सम्भावना रहेको बताउँछन् । यसको अलावा उक्त क्षेत्रमा सडक मुख्य समस्याको रुपमा रहेको भन्दै कलंकी देखि नागढुंगा सम्मको सडक खण्डलाई व्यवस्थित गर्नको निम्ति आफूले विशेष पहल गर्ने बताएका छन् ।

सुलभ दरमा नेपालीहरुलाई औषधोपचारको निम्ति पहल गर्नुपर्ने आवश्यकता रहेको बताउँदै श्रेष्ठ स्तरीय शिक्षा सर्वसुलभ शुल्कमा उपलब्ध गराउने काम आफ्नो प्राथमिकतामा रहेको समेत बताउँछन् ।
नजिकै रहेको मातातीर्थ क्षेत्रमा अहिले पनि व्यावसायिक गाई फार्म सञ्चालन हुँदै आएकामा यसलाई ठूलो क्षेत्रमा विस्तार गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

सीपमूलक साना तथा घरेलु उद्योगहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको, नेपालमा रहेर उद्योग/व्यवसाय सञ्चालनको निम्ति राज्यले समन्वयनकारी भूमीका निर्वाह गर्नुपर्ने लगायतका कुराहरुमा योजनाहरु आफूसँग रहेको समेत श्रेष्ठले राष्ट्रिय आर्थिक मासिकसँगको कुराकानीमा बताएका छन् ।

नेपालका मतदाताहरु अब सचेत बन्नुपर्ने भन्दै नेपालका ठूला राजनीतिक दलहरुले आफूलाई मात्र फाइदा पुग्ने गरी नीतिनियम बनाउने गरेको र साना दललाई जहिले पनि अप्ठ्यारोमा पारिँदै आइएको प्रति समेत असन्तुष्टि व्यक्त गरे ।

नेपालका विभिन्न दललाई आफ्नो क्षेत्रका मतदाताहरुले मतदानको माध्यमबाट विजयी गराउँदै आएकोमा अबको निर्वाचनमा स्थानीय क्षेत्रबाट आफूले नै उम्मेदवारी दिएको र आफू विजयी हुन सके उक्त क्षेत्रको विकासले गति पाउने दावी गर्दै भोटको निम्ति स्थानीयलाई आग्रह गर्छन् ।

व्यावसायिक कृषिको निम्ति निकै राम्रो सम्भावना भएको क्षेत्रबाट आफूले उम्मेदवारी दिनुमा उक्त क्षेत्रको विकासको निम्ति प्रयाप्त काम गर्नको निम्ति आफू निरन्तर रुपमा लागिरहने प्रतिवद्धता समेत जनाएका छन् ।

नेपालका युवाहरुलाई अवसर दिन सके नेपालमा नै अवसरहरु रहेको भन्दै आगामी दिनमा नेपालको व्यवस्थित विकासको माध्यमबाट नेपाली युवाहरुलाई नेपालमा नै काममा लगाउन सकिने समेत उनी बताउँछन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: