मकवानपुरको मनहरीमा एक व्यक्तिद्वारा अन्धाधुन्ध खुकुरी प्रहार, ३ जनाको मृत्यु


काठमाडौँ । मकवानपुरको मनहरीमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका छन् ।

मंगलबार साँझ करिब ६ बजे यो घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

खुकुरी प्रहार गर्ने करिब ३०–३५ वर्षीय सुमन बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले खुकुरी प्रहार गरेका हुन् भन्ने अझै खुल्न सकेको छैन ।

‘निकै भीडभाड भएका कारण घटना के कारणले घटेको हो भन्ने अझै खुल्न सकेको छैन,’प्रहरीले सेतोघरसँग कुरा गर्दै भन्यो, ‘बराइलीलाई समयमा नै नियन्त्रण लिन सकेको कारण अझै धेरै हाताहातीबाट भने जोगिएको छ ।

यस घटना बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: