पाटन औद्योगिक क्षेत्रको उद्योगमा भिषण आगलागी


ललितपुर । पाटन औद्योगिक क्षेत्रको आनन्द प्लास्टिक उद्योगमा आगलागी भएको छ।

मंगलबार बेलुकी साढे ६ बजेबाट आगलागी सुरु भए पनि कारण खुल्न सकेको छैन। आगलागीमा मानवीय क्षति नभएको वारुणयन्त्रका अधिकारीले बताए।

ललितपुर दमकलले निभाउन नसकेपछि काठमाडौंबाट थप दुई र भक्तपुरबाट एउटा दमकल मगाइएको छ। तीनैवटा दमकलबाट आगो निभाउने प्रयास जारी छ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: