स्वीट्जरल्याण्ड ११‍‍औँ पटक विश्वकपमा छनोट



एजेन्सी । युरोपेली राष्ट्र स्वीट्जरल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।

युरोपेली प्लेअफमा उत्तरी आयरल्याण्डलाई दुई लेगको खेलमा १-० ले पराजित गर्दै स्वीट्जरल्याण्ड विश्वकपमा स्थान बनाउन सफल भएको हो।

पहिलो लेगमा उत्तरी आयरल्याण्डलाई १-० ले पराजित गरेको स्वीट्जरल्याण्डले दोस्रो लेगमा गोलरहित बराबरी खेलेको हो। बराबरी खेलेपनि पहिलो लेगको जित नै स्वीस टोलीलाई विश्वकप पूर्‍याउन पर्याप्त बन्यो।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: