११ रुपैयाँको काउली १४० मा विक्रि !


काठमाडौं । मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट प्रतिकिलो झन्डै ११ रूपैयाँसम्म छिरेको काउली राजधानीमा १ सय ४० रुपैयाँ पुगेको फेला गरेको छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले शुक्रबार राति कालिमाटी बजारमा छापा मार्दा व्यवसायीले तरकारी प्रतिकिलो साढे ११ रुपैयाँमा खरिद गरेको फेला पारेको खबर आजको कान्तिपुरले छापेको छ ।

एनएसवी ट्रेड एन्ड सप्लायर्सले काँकडभिट्टाबाट ल्याएको काउली, भिन्डी, परवल, भेन्टा प्रतिकिलो मूल्य ११ रुपैयाँ ५० पैसाको दरले ७ हजार ५ सय किलो खरिद गरेको थियो ।

सोही दिन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रतिकिलो काउलीको होलसेल मूल्य ७५ रुपैयाँ भिन्डी १ सय रुपैयाँ, परवल ७० र भेन्टा ६५ रुपैयाँ तोकेको थियो ।

होलसेल मूल्यमा ७५ रुपैयाँ पुग्दा खुद्रा बजारमा काउलीको मुल्य १ सय ४० रुपैयाँसम्ममा विक्रि भएको छ।

विभागले उपलब्ध गराएको विवरणअनुसार स्थानीय बजारमा व्यवसायीले प्रतिझोला २५ रूपैयाँमा काउली र २० रुपैयाँ रायो साग खरिद गदै आएका छन्।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: