ह्याट्रिक गर्ने दाउमा के सीं, घरदैलोपछि भने : अहिले झन् धेरै भोटले जित्छु


नुवाकोट l कांग्रेसका नेता अर्जुननरशिह के सी नुवाकोट क्षेत्र नम्बर २ बाट जीतमा ह्याट्रिक गर्ने अभियानसहित घरदैलो अभियानमा छन्। बुधवार बिहान १० बजे नै उनी नुवाकोटको तरुकमा मतदाताको घरदैलोमा भोट माग्दै हिँडिरहेका थिए। अघिपछि कांग्रेसको चारतारे झन्डा र चुनाव चिह्न रुख अंकित झन्डा बोकेका मतदाता र कार्यकर्ताको लाम थियो। मतदाताकोमा पुग्दा ‘हाम्रो भोट तपाईंलाई नै हो’ भन्ने जवाफ पाइरहेका उनी उत्साही देखिएका थिए। उनका साथमा प्रदेशशभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार जाग्दिस्वोर्नर्सिङ के सीं पनि थिए। वाम गठबन्धनबाट एमाले नेता नारायण प्रशाद खतिवडा र केशब पाण्डे प्रतिस्पर्धी पाएका उनी हारमा हैन जीतमा ह्याट्रिक गर्न लागिपरेका छन्। जनताको घरदैलोमा पुगेका केसी लोकतन्त्रको रक्षा र विगतमा सुरु गरिएका विकास अभियानलाई निरन्तरता दिन काँग्रेसलाई मतदान गर्न आग्रह गरिरहेका देखिन्थे ।

२०४८ देखिनै त्यसभेगका घरघर पुगेका केसीले घरमै आएर सञ्चो विसञ्चोका साथ नामै लिएर छोरा खै त भनेर सोध्दा केही बृद्ध मतदाताहरुका आँखा रसाईरहेका पनि हुन्थे । उनीहरुमा भोट पाएसी नेताले विर्सन्छ भन्ने कुरा कम्तीमा काँग्रेस नेताहरुको हकमा लागु हुनेरहेनछ भन्ने मनोभावनाले डेरा जमाईरहेजस्तो लाग्थ्यो । कति मतदाता त केसीलाई तपाईको दाईले गर्दा वुवाको उपचार सहज भएको,भाईले जागिर खाएको,वैनीले स्कूलमा पढाउन थालेको जस्ता व्यक्तिगत विषय सम्झाईरहेका भेटिन्थे भने कतिपय काँग्रसले सुरु गरेको विकास अभियानका कारण घरछेउमै मोटर गुडेको, सिंचाई सुविधा पर्याप्त भई अन्न र तरकारी वालीले राम्रो वजार पाउँदा आर्थिक उन्नती भएको तर अझै धेरै गर्न वाँकी रहेको वताईरहेका हुन्थे । यसो भन्नेलाई केसीको सहज उत्तर हुन्थ्यो– “यही विकासको क्रमलाई सम्पूर्णतामा पु¥याई आर्थिक समृद्धीको मार्ग कोर्न पनि काँग्रेसलाई मत दिनु प¥यो ।”

नुवाकोटमा काँग्रेसभित्र मात्र नभई सबैमाझ घुलमिल हुनसक्ने, जसको समस्यामा पनि हरेक क्षण सहजै उपलब्ध हुने र अन्यायका विरुद्ध जस्तोसुकै कदम उठाउन पनि तयार हुने नेताका रुपमा चिनिन्छन काँग्रेस सभापति जगदीश्वरनरसिंह केसी । केसीको यही गुणका कारण वुधवार काँग्रेसको घरदैलो अभियानमा अत्यधिक मतदाताको सहभागिता मात्र रहेन, केही दिन सुस्त जस्तो देखिएको काँग्रेसको प्रचार अभियानले तिव्रता समेत लिएको छ । नुवाकोट काँग्रेसका पुराना नेता राजेन्द्र अर्यालको भनाईमा सभापति केसीको क्रियाशिलतासंगै एकैदिनमा विदुर नगर क्षेत्रमा लोकतन्त्रको पक्षमा व्यापक लहर सिर्जना भएको छ ।

मैले विकास गरेकोले मतदाताले भोट दिन्छन् घरदैलोपछि हौसला थपिएको केसीले बताए। मतदाताका कुरा सुनेर उनी उत्साही बनेका थिए। अधिकांश मतदाताले ‘हामीले हिजो पनि भोट दिएर जिताएका हौं र अब पनि तपाईंलाई नै’ भनेपछिको उत्साहीत के सीले
जनताको घरदैलोमा पुगेका लोकतन्त्रको रक्षा र विगतमा सुरु गरिएका विकास अभियानलाई निरन्तरता दिनेमा आफु सदैब लागी परिरहने बताए l

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: