सबल र अात्मनिर्भर अर्थतन्त्र विकासकाे निम्ति मैले उम्मेद्वारी दिएकाे हु्ँ


रामबीर मानन्धर, प्रतिनिधिसभा उम्मेद्वार, काठमाडाैं क्षेत्र नम्बर ७

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनबाट निर्वाचित भई सभासद बनिसकेका रामवीर मानन्धर वि.सं २०४९ र २०५४ को निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनै मानन्धर अब हुन लागेको निर्वाचनमा काठमाडौंको ७ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनको निम्ति चुनावी मैदानमा छन् । व्यावसायिक रुपमा बाइपास स्थित अष्टनारायण पिक्चर्स प्रा.लि सञ्चालन गर्दै आएका मानन्धर नेपालको विकास र सम्भावनाबारे राम्रो ज्ञान भएका व्यक्ति समेत हुन् । 

विकासको निम्ति सबैभन्दा महत्वपूर्ण पूर्वाधारको रुपमा सडक नै रहने हुँदा सडकलाई निकै प्राथमिकताको साथ अघी बढाइएको समेत उनी बताउँछन् । मानन्धर भन्छन्, ‘नेपालमा निकै नै राम्रा सम्भावनाहरु छन् । यी सम्भावनाहरुलाई पूरा गर्नको निम्ति सबैभन्दा पहिलो पूर्वाधार भनेको सडक नै हो । यससँगै व्यवस्थित बसोबासको निम्ति नेपालमा स्मार्टसिटी अवधारणा समेत अघी सारिएको छ ।

अहिले सम्म नेपालमा निश्चित सिष्टम विकास हुन नसकेको कारण वेथिति, विकासमा अवरोध, भ्रष्टाचार, कमिसन लगायतका अनेकौं वाधाअवरोधहरु उत्पन्न हुने र विकास कार्य उपलब्धिमूलक हुन नसकेको बताउँदै आगामी दिनमा विकासको निम्ति बाटो खुल्ने विश्वास दिलाउँदै मुलुक अब राजनीतिक तवरले स्थिरताको दिशामा प्रवेश गरेको समेत उनले बताएका छन् ।

 

मानन्धरसँग नेपालकाे विकासकाे सम्भावनाका क्षेत्रहरू, उद्यमशिलता विकासकाे निम्ति गर्नुपर्ने पहल, राज्यकाे दायित्व र अागामी दिनमा समृद्दिकाे निम्ति हामीले लिनुपर्ने दिशा लगायतका विषयवस्तुहरूमा रही कुराकानी गरेका थियाैं ।

 

नेपालीहरुले विश्वका विभिन्न देशलाई उत्कृष्ट बनाइसकेका छन् । आगामी दिनमा नेपाललाई नेपालीहरुबाटै समृद्ध बनाउने पालो आएको हो त ?

तपार्इंले भन्नुभए जस्तै अहिले नेपालीहरुले विश्वका विभिन्न देशहरु बनाइसकेका छन् । नयाँ प्रविधिको विकासमा पनि नेपालीहरुको महत्वपूर्ण योगदान छ । अहिले नेपालीहरुसँग विकासको निम्ति चाहिने बौद्धिक दृष्टिकोण र त्यसलाई सार्थक पार्नको निम्ति आवश्यक मेसिनहरु परिचालन गर्न सक्ने क्षमता नभएको होइन । त्यस किसिमका जनशक्तिहरु पनि उपलब्ध छन् । जुन विश्वका विभिन्न कुनाकुनामा पुगेर आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन् । ती विश्वबजारमा भएका नेपालीहरु सबैलाई नेपालमा नै भित्र्याउने किसिमको वातावरण हामीले तयार गर्नुछ हामीले थोरै मात्र व्यवस्थित गर्न सक्ने हो भने हामीले निकै ठूलो लाभ लिन सकिने क्षेत्रहरु हामीसँग छन् । हामीले बनाउनै नपर्ने हिमाल, बुद्ध, सीता लगायत यहीँ छन् । यहीँ छन् विविधतायुक्त संस्कृतिहरु । अनि धार्मिक स्थलहरु ।

यहाँ के छैन, तराईमा गोलभेंडा, आलु लगायतका वस्तुहरु ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । नेपालका हरेक खोलानदीमा ट्राउट लगायतका उच्च स्तरीय माछाहरु पाल्न सकिन्छ । प्रयाप्त जडिबुटीहरु हामीसँग छन् । अहिले नेपालमा भएका जडिबुटीहरु प्रशोधन केन्द्रको अभावमा सिधै भारत गएका छन् ।

स्थानीय तहको निर्वाचन सकिए पश्चात् अहिलेको अवस्था हेर्ने हो भने नेपालमा आउने पर्यटकहरुको सङ्ख्या निकै नै बढेको छ । यही अवस्था रहने हो भने हामीले नेपाल प्रवेश गर्ने पर्यटकहरुलाई हामीले धान्नै नसक्ने अवस्था पनि आउन सक्छ ।

यसको मतलब नेपालको विकासको निम्ति स्रोतको उपलब्धतामा नभइ व्यवस्थापनमा समस्या छ भन्ने कुरा तपाईंले गर्नुभएको हो ?

हो, यदि नेपाल विकासपथमा अघी बढ्ने हो भने नेपालको जनशक्ति सबैलाई यहीँ नै रोजगारी दिन सकिन्छ । नेपालमा अवसरहरु निकै धेरै छन् । हाम्रो देशलाई प्रकृतिले नै निकै सुन्दर बनाइदिएको छ । प्रकृतिको वरदान मान्न सकिने हाम्रो देशलाई अघी बढाउन अब हामी व्यवस्थित रुपमा अघी बढ्नु जरुरी छ ।

नेपालको सम्भावना र त्यसको निम्ति आवश्यक स्रोतकै कुरा गरौं, नेपाल आत्मनिर्भर हुनको निम्ति हाम्रा सम्भावित आधारहरु के–के हुन सक्छन् ?

नेपालमा प्रयाप्त स्रोत र सम्भावनाहरु छन् । जुन उचित तवरले प्रयोगमा आउन सकेका छैनन् । हामीसँग काठमाडौंमा मात्र अहिले दैनिक १० देखि १३ टन माछाको आवश्यकता छ । तर उक्त माछा यहाँ कहाँबाट आइरहेको छ त ? तरकारी दैनिक २०-२५ टनको आवश्यक छ । उक्त तरकारी कहाँबाट आइरहेको छ त ? हामीले अध्ययन गरौं न । यी र यस्ता अन्य अधिकांश दैनिक आवश्यकताका वस्तुहरु छिमेकी मुलुक भारतर चीनबाट नै आइरहेका छन् । हामीले सजिलै उत्पादन गर्न सक्ने वस्तुको निम्ति पनि अहिले हामी भारतमा निर्भर छौं । आगामी दिनमा यहाँ सम्भव रहेका वस्तुहरु यहीँ उत्पादनको निम्ति हामीले पहल गर्नु जरुरी छ ।

यहाँ के छैन, तराईमा गोलभेंडा, आलु लगायतका वस्तुहरु ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । नेपालका हरेक खोलानदीमा ट्राउट लगायतका उच्च स्तरीय माछाहरु पाल्न सकिन्छ । प्रयाप्त जडिबुटीहरु हामीसँग छन् । अहिले नेपालमा भएका जडिबुटीहरु प्रशोधन केन्द्रको अभावमा सिधै भारत गएका छन् । रामदेवले नेपालबाट निकै सस्तोमा लगेका कच्चा पदार्थबाट उत्पादित औषधी पुनः नेपालमा नै भित्रिएका छन् । आखिर ती औषधीहरु नेपालमा नै प्रशोधन गर्ने हो भने त नेपालमा निकै सस्तो मूल्यमा उत्पादन गर्न सकिन्छ । जसले गर्दा ठूलो सङ्ख्यामा नेपालीहरुलाई स्वस्थ बनाउन सकिन्छ । हाम्रो देशमा रहेका युवाहरुलाई शक्तिको रुपमा प्रयोग गर्ने नीति हामीले अबलम्बन गरिने हो भने कृषि, पर्यटन, जलस्रोत, चलचित्र, खानी, वन लगायतका भिन्न–भिन्न क्षेत्रबाट निकै राम्रो प्रगति गर्न सकिन्छ ।

अहिलेको स्थानीय तहको संरचनाबाट सबै क्षेत्रमा समान तवरले विकास गतिलाई फैलाउँदै शहरी क्षेत्रमा केन्द्रित रहेकोजनशक्तिलाई गाउँमा फर्काउने पहल त अवश्य पनि होला नि ?

अवश्य पनि हुन्छ, यसैको लागि अहिलेको संरचना अनुसार स्थानीय तहलाई बलियो बनाइएको छ । स्थानीय स्तरमा नै सम्भावना रहेका क्षेत्रहरु अब फस्टाउने प्रयाप्त आधारहरु बन्दैछन् । सिंहदरबारमा रहेको अधिकारलाई स्थानीय क्षेत्रमा त्यहीँको आवश्यकता बमोजिम पुर्याउने अभियान अहिले शुरु भएको छ । यस अभियानले अहिले केन्द्रमा रहेका जनताहरुलाई ग्रामीण क्षेत्रमा फर्काउने र ग्रामीण क्षेत्रलाई माथि उठाउनेमा कुनै शंका छैन ।
नेपालका स्थानीय क्षेत्रका जनताहरु अवसरको खोजीमा नै काठमाडौं आएका हुन् । सोही बमोजिम बसाईंसराईको क्रम बढेको हो । अवसरकै खोजीमा विदेशिएका छन् । तर नेपालीहरुको निम्ति आफ्नै क्षेत्रमा नै प्रयाप्त अवसरहरु हुने हो भने नेपालीहरु रहरले बाहिरिँदैनन् ।

नेपालका हरेक क्षेत्रमा सडक लगायतका आधारभूत पूर्वाधारहरुको पहुँच पुग्ने बित्तिकै विभिन्न प्रकृतिका उद्योगहरु स्थापना गर्नको निम्ति निकै सहज वातावरण बन्न सक्छ । यससँगै नेपालमा हामीले उद्योगहरु व्यवस्थित तवरले सञ्चालन गर्न सकिन्छ ।

बजार, राजनीति र विकास बीचको सम्बन्ध कस्तो हुन्छ ?

बजारको निम्ति हामीलाई विकास चाहिन्छ । विकासको निम्ति सडक पहिलो पूर्वाधार हो । यसैकारण अहिले हामीले नेपालमा सडक निर्माणमा विशेष जोड दिँदै आएका छौं । यससँगै नेपालमा पर्यटन तथा कृषि उद्योगहरु निकै राम्रो तवरले फस्टाउन सक्छन् । यी सबैको सञ्जालको निम्ति राज्यमा राजनीतिक स्थायित्वको आवश्यकता छ । राजनीतिक स्थिरतायुक्त वातवरणमा मात्र हामीसँग सम्भव रहेका र आवश्यकता बमोजिमका उद्योगहरु सञ्चालन गर्न सकिन्छ ।
पछिल्ला बर्षहरुमा नेपालमा उत्पादन हुने केही वस्तुबाट हामी आत्मनिर्भर बन्दैछौं । जुन सुखद कुरा हो । अहिले हामी उत्पादनको हिसाबले जुत्तामा आत्मनिर्भर छौं । तर नेपालमा उत्पादन भएका ती जुत्ताहरु कहाँ विक्री हुन्छन् त ? यसको लागि त बजार चाहियो । नेपालमा उत्पादन हुने जुत्ताहरु नेपालमा मात्रै प्रयोगमा आइरहेका छन् कि अन्य देशहरुमा पनि हामीले निर्यात गर्न सकेका छौं । तुलनात्मक रुपमा हाम्रो उत्पादनको मूल्य सस्तो हुन सकेमात्र हाम्रो उत्पादन प्रतिष्पर्धात्मक बजारमा सहजै विक्री गर्न सकिन्छ । साथै हामीले उत्पादन गरेका कुराहरु विदेशमा निर्यात गर्न सक्ने वातावरण समेत बन्नुपर्छ । औद्योगिक वातावरण बन्नको निम्ति पनि राजनीतिक स्थिरता आवश्यक रहन्छ ।

नेपालमा ठूला उद्योग सञ्चालन सम्भावना सम्बन्धमा तपाईंको दृष्टिकोण के छ ?

नेपालमा यदि हामीले १-२ ओटा मात्र राम्रो सम्भावना रहेका ठूला उद्योग खोल्ने हो भने पूरै नेपाललाई चलायमान बनाउन सकिन्छ । हामी त प्राकृतिक हिसाबले नै निकै सम्पन्न छौं । हामीसँग के छैन । युरोनियम हामीसँगै छ । अहिले १ किलो युरोनियमको मूल्य २० खर्ब रुपियाँ बराबर पर्छ । जबकि अहिलेको नेपालको बार्षिक बजेट १२ खर्ब रुपियाँ मात्र छ । यस्तो अवस्थामा हामीसँग भएको युरोनियम उत्खनन गर्ने हो भने यसको निम्ति हामीसँग साधन र क्षमता नभए त्यस्तो क्षमता भएका व्यक्ति वा संस्थाहरुलाई विदेशबाट भित्र्याएरै भएपनि नेपालमा ल्याएर काममा लगाउन त सकिन्छ नि । यसबाट नेपालीहरुले समेत सिक्ने मौका मिल्छ ।

अहिले विश्वबजारमा सबैभन्दा बढी प्रचलनमा रहेको सुनको मूल्य करिब ४५ लाख रुपियाँ छ । जबकि प्राकृतिक जडिबुटी यार्सागुम्बाको मूल्य प्रति किलो ४० लाख रुपियाँ छ । यो त एउटा उदाहरण मात्र हो । नेपालमा यस्ता थुप्रै क्षेत्रहरु छन् । यसैले पुष्टि गर्छ कि नेपालमा जडिबुटी, खानी, कृषि, वन लगायतमा आधारित थुप्रै ठूला उद्योगहरु खोल्न सकिने आधार छन् ।

तपाईं त व्यावसायिक तवरले चलचित्र क्षेत्रसँग जोडिएको व्यक्ति पनि हुनुहुन्छ, निकै राम्रो सम्भावना भएको मानिने चलचित्र उद्योग क्षेत्र त नेपालमा अहिले सम्म ओझेलमा परेको जस्तो छ नि ?

तपार्इंले निकै महत्वपूर्ण प्रसङ्ग उठाउनुभयो । नेपालमा निकै राम्रो सम्भावना रहेका उद्योगहरु पनि अहिले सम्म ओझेलमा नै छन् । विश्वबजारमा नै प्रवद्धन गर्न सकिने, नेपालको पहिचान स्थापना गर्न सक्ने र राम्रो आय गर्न सकिने उद्योगहरु मध्ये एउटा उद्योगको रुपमा चलचित्र उद्योगलाई नै लिन सकिन्छ ।

भारतको करिब २५ प्रतिशत बजेटको हिस्सा चलचित्र क्षेत्रले नै धानेको छ । भारतमा एउटा चलचित्र निर्माणको क्रममा करिब ३-४ सय करोड रकम सम्म खर्च गरिन्छ । उक्त चलचित्र विश्वभर नै प्रवद्धन गर्न सकिन्छ । यसरी नै हामीले नेपालमा पनि राज्यले चलचित्रलाई नयाँ उदीयमान उद्योगको रुपमा लिने र सोही बमोजिम प्राथमिकताको साथ अघी बढाउने हो भने नेपाललाई विश्वको चलचित्र बजारको स्टुडियो पनि बनाउन सक्छौं । यस क्षेत्र मार्फत हरेक नेपालीको जीवनस्तर माथि उठ्न सक्ने गरी परिवर्तन ल्याउन सक्छौं ।

चलचित्रसँग धेरै क्षेत्रहरु गाँसिएका हुन्छन् । यस क्षेत्रसँग निकै ठूलो समुदाय आश्रित भएको हुन्छ । राम्रो तवरले यस क्षेत्रको विकास गर्ने हो भने नेपालको जनसङ्ख्याको करिब १ करोड मानिसहरुलाई चलचित्र क्षेत्रबाट नै बाँच्न सकिने आधार बनाउन सकिन्छ ।

नेपालमा हामीसँग यस्ता थुप्रै क्षेत्रहरु छन्, जुन हरेक तवरले निकै महत्वपूर्ण हुन सक्छन् । जैविक विविधताले सम्पन्न देश नेपालमा हामीले जैविक विविधता र संस्कृति तथा इतिहास लगायतका कुराहरु हाम्रो चलचित्र क्षेत्रका नयाँ विषयवस्तुको रुपमा समेट्न सक्छौं । तर अहिले सम्म चलचित्र क्षेत्रले समेट्नुपर्ने क्षेत्रहरुको विविधिकरण भने हुन सकेको छैन ।

चलचित्रसँग धेरै क्षेत्रहरु गाँसिएका हुन्छन् । यस क्षेत्रसँग निकै ठूलो समुदाय आश्रित भएको हुन्छ । राम्रो तवरले यस क्षेत्रको विकास गर्ने हो भने नेपालको जनसङ्ख्याको करिब १ करोड मानिसहरुलाई चलचित्र क्षेत्रबाट नै बाँच्न सकिने आधार बनाउन सकिन्छ । यसैकारण चलचित्र क्षेत्रलाई राज्यको प्राथमिकता प्राप्त उद्योगको रुपमा अघी बढाउनुपर्छ ।
हामीले राम्रो तवरले व्यवस्थापन गर्न सक्ने हो भने विदेशी पर्यटकहरुलाई चलचित्र सुटिङको निम्ति पनि नेपालमा भित्र्याउन सकिन्छ । जसले नेपालका अनेक सम्भावनाहरुको सन्देश विश्वबजारमा फैलाउन सक्नेछन् ।

नेपालमा सम्भावनाको खोजीमा रहेका युवा वर्गलाई तपाईं के सन्देश प्रवाह गर्नुहुन्छ ?

युवाहरु पर्खनुहोस्, केही समय धैर्य गर्नुहोस् । हामीले राजनीतिको माध्यमबाट मुलुक विकासको चरणमा प्रवेश गर्ने आधार तयार गरेका छौं । अहिलेको अवस्था सृजना गर्नको निम्ति हामीले दशकौं राजनीतिक आन्दोलनमा बितायौं । यसैको फलस्वरुप मुलुकमा संविधान आइ सबै तहका निर्वाचनहरु सम्पन्न हुने अवस्थामा छन् । जसले गर्दा तपाईंहरुको निम्ति नेपालमा सुनौला दिनहरु उदाउने क्रममा छन् । भविष्य उज्ज्वल छ ।

आगामी दिनमा हामी युवाहरुले अरुलाई दोष नदिउँ । आफ्नो र आफ्नो देशको उज्ज्वल भविष्यको लागि हामी आफैंले पनि केही सक्दो काम त गरौं । राजनीति गर्नेहरुले पनि अब विश्राम लिने समय छैन । अहिलेको परिस्थिति बमोजिम अबको ५ बर्ष बामपन्थीहरुको सरकारले मुलुकलाई सञ्चालन गर्ने र सँगै मुलुकलाई निश्चित पद्धतिमा हिँड्नको निम्ति समेत बाटो खुलाउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा अबको स्थायी सरकारले निर्माण गर्ने सिष्टमलाई त्यस भन्दा पछाडि निर्माण हुने सरकारले पनि निरन्तरता दिनैपर्ने हुन्छ । यसलाई हामीले अवसरको रुपमा लिनुपर्छ । यसमा नै हामी सबैको भविष्य जोडिएको हुन्छ । अब नेपाल स्थिरतामा प्रवेश गर्दैछ । स्थिर राजनीतिक परिस्थितिमा हामी युवाहरुले बुझ्न सक्नेछौं कि ५ बर्षमा मुलुकको निम्ति प्रयाप्त काम गर्न सकिँदो रहेछ ।

युवाहरु पर्खनुहोस्, केही समय धैर्य गर्नुहोस् । हामीले राजनीतिको माध्यमबाट मुलुक विकासको चरणमा प्रवेश गर्ने आधार तयार गरेका छौं । अहिलेको अवस्था सृजना गर्नको निम्ति हामीले दशकौं राजनीतिक आन्दोलनमा बितायौं । यसैको फलस्वरुप मुलुकमा संविधान आइ सबै तहका निर्वाचनहरु सम्पन्न हुने अवस्थामा छन् । जसले गर्दा तपाईंहरुको निम्ति नेपालमा सुनौला दिनहरु उदाउने क्रममा छन् । भविष्य उज्ज्वल छ ।

अहिले नेपालमा चुनाव हुनुभन्दा १ हप्ता अघी सम्म नै के नेपालमा साँच्ची चुनाव होला त ? भन्ने कौतुहलता रहँदै आएको छ । त्यसरी नै प्रश्न आउने गर्छ कि के साँच्ची नेपाल समृद्ध भएको देख्न पाइएला त ? हामी राजनीतिकर्मीहरुलाई थाहा छ कि नेपालमा विकासको निम्ति प्रयाप्त आधारहरु छन् । जलस्रोत, पर्यटन, जडिबुटी, चलचित्र, कृषि, खानी, जनशक्ति लगायत सबै कुराहरु हामीसँग छन् । नेपाल प्राकृतिक रुपमा नै हरेक हिसाबले सम्पन्न छ ।

अन्त्यमा तपाईंले भन्नैपर्ने कुराहरु केही छन् कि ?

हाम्रो विकास हुन नसक्नुमा हाम्रो व्यवस्थापन पक्षको कमजोरी हो । विगतमा राजनीति गर्नेहरु मुलुकको हितलाई नसोचिदिएको कारण अहिले हामीले यो अवस्था भोग्नुपरेको छ । कोशी, महाकाली मात्र बेचिएन, सञ्चालनमा रहेका उद्योगधन्दाहरु बेचियो । यस्ता तत्वहरु अहिले पनि सल्बलाइ रहेकाछन् । उनीहरुलाई परास्त गर्नु जरुरी छ । यससँगै मुलुकको विकासमा हामी नयाँ शिराबाट अघी बढ्नुपर्छ । अब क्षितिजमा उज्यालो घेरा देखिएको छ । यसलाई हाम्रो मंसिर १० र २१ गतेको निर्वाचनले पूरा गर्नेछ ।

 

 

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: