बकार्डी हाउस पार्टी आयोजना गरिँदै


बकार्डीले यहि बुधवार कात्तिक २८ गते भिनीभिचीको सहकार्यमा मल्ल होटल, काठमाडौंमा बकार्डी हाउस पार्टी आयोजना गर्न लागेको छ । भिनीभिची विगत एक दशक भन्दा बढि समयदेखि इलेक्ट्रोनिक्स संगीत उत्पादन गर्दै आएका चिरपरिचित अभिराम शहाराई र मतन कादोशको नयाँ प्रोजेक्ट हो । यो हाउस पार्टीले इलेक्ट्रोनिक्स गीत संगीत मन पराउनेहरुका लागि लक्षित गरिएको छ जो लोकप्रिय बकार्डी ड्रिंक्स तथा ककटेलका साथमा झुम्न चाहन्छन् । हाउस पार्टी ठिक ५ बजेदेखि शुरु हुनेछ ।
कलाकारहरु बिपीएम, बिकेनट, पुनित, पिप्स, फिन्जोक र र्याबिटले पार्टीमा विशेष संगीताका साथमा आफ्नो कलाकारिता प्रदर्शन गर्नेछन् । यो पार्टीको प्रि–सेल टिकट रु.२,००० मा उपलब्ध थियो । यसको टिकट इभो स्टोर (शेर्पा मल), इभो स्टोर लबिम मल), बेटा हाउस(ठमेल), मोनुमेन्टर पाराडाइज (झोँछे) मा उपलब्ध छ भने तपाईँले अनलाइन मार्फत पनि टिकट बुक गर्न सक्नुहुनेछ ।

www.tktmonkeys.com

छिटो गर्नुहोस् र आगामी दिनमा वर्षौसम्म बताउन सकिने रात्री कथाको अभिन्न अंग बन्नुहोस् ।
बकार्डी भारतमा यस्तो किसिमको कार्यक्रमहरु गर्नका लागि परिचित रहेको छ र अब यसले नेपालमा रमाईलो र क्रेजका साथमा यस्ता कार्यक्रमहरु आयोजना गदै जानेछ । बकार्डीले १७ फेब्रुअरीमा क्लब २५ आवर्समा जुलिया ब्लिसका साथमा बकार्डी हाउस पार्टी आयोजना गरेको थियो भने २४ अप्रिल २०१७ मा राजधानीमा क्लब ओएमजीमा बकार्डी हाउस पार्टी आयोजना गरेको थियो ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: