निर्वाचन अपडेट : अर्घाखाँचीमा टोप बहादुर रायमाझी VS राम बहादुर वि.सी.


हेमन्त घिमिरे

अर्घाखाँची जिल्ला पहाडि जिल्ला मध्ये एउटा विशेष पहिचान बोेकेको जिल्ला हो । सिङ्गो देश चुनावमा होमिएको बेला अर्घाखाँची जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । समग्र देश राजनीतिक धु्रवीकरणमा अघि बढेको छ । माओवादी केन्द्र र एमाले बीच चुनावी तालमेल र दीर्घकालमा पार्टी एकता गर्ने गरी बाम धु्रवीकरण गरेसँगै काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक धु्र्वीकरणको शुरुवात गर्यो । यही सिलसिलामा अर्घाखाँची जिल्लामा बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सदस्यमा माओवादी केन्द्रका सचिव, पूर्व उप–प्रधानमन्त्री तथा अर्घाखाँची क्षेत्र नम्बरं. १ का पूर्व सभासद टोप बहादुर रायमाझी चुनावी मैदानमा उत्रिएका छन् भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट डा..राम बहादुर वि.सी. चुनावी मैदानमा उत्रिएका छन् ।

डा.वि.सी. २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट टोप बहादुर रायमाझीसँग पराजित उम्मेदवार हुन् । विगतका निर्वाचनको मत परिणामलाई अध्ययन गर्दा तुलनात्मक रुपमा बाम गठबन्धनका उमेदवारहरु बलिया देखिन्छन् । बाम गठबन्धनबाट चुनावी मैदानमा होमिएका टोप बहादुर रायमाझी राष्ट्रिय राजनीतिमा पहिचान बनाउन सफल नेता हुन् ।

उनी माओवादी नेतृत्वका तर्फबाट पटक–पटक मन्त्री र एकपटक केपी.शर्मा ओली नेतृत्वको सरकारमा उप–प्रधानमन्त्री समेत भइसकेका व्यक्ति हुन् । उनी गृह जिल्ला अर्घाखाँचीका जनताका माझ पनि उत्तिकै लोकप्रिय नेता हुन् । माओवादी आन्दोलनको शरुवाती भूमिगतकाल देखि नै पार्टी भित्र अब्बल नेताको पहिचान बनाउन सफल रायमाझी माओवादी खुला राजनीतिमा आइसकेपछि पनि जनतामाझ अझ लोकप्रिय हुन सफल रहे ।

टाेप बहादुर रायमाझी

डा..राम बहादुर वि.सी

सरकारमा हुँदा होस् या सडकमा सधैं जनताको घरदैलो सम्म पुग्न उनी कहिल्यै चुकेनन् । माओवादी पार्टी भित्र पनि आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढि समय दिने नेताको पहिचान बनाउन सफल छन् रायमाझी । २०६४ साल र २०७० सालमा दुवै पटक विजयी भएर अर्घाखाँचीको प्रतिनिधिको रुपमा जिल्लामा थुप्रै विकासका कार्यक्रमहरु लैजान सफल रहे । सालझण्डी–ढोरपाटन सडकखण्ड, अर्घामा एयरपोर्ट आयोजना दुई कृषि क्याम्पस निर्माण ठूला आयोजना लगायत अन्य खानेपानी, सिंंचाई, स्वास्थ्य लगायतका थुप्रै विकास निर्माण कार्यक्रम शुरुवात गर्न सफल भएका नेता हुन् रायमाझी ।

राजनीतिक क्रान्ति मार्फत राजनीतिक स्थिरता सँगै अब आर्थिक विकासको निमित्त कृषि क्रान्ति गर्ने अभियानमा उनी छन् । उनी पटक पटक मन्त्री तथा उच्च राजनीतिक ओहोदामा रहँदा कर्मचारीतन्त्रमा पनि राम्रो छवि बनाएका छन् ।
अर्को तर्फ लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उमेदवार डा.वि.सी.कर्मचारीतन्त्रबाट राजनीतिमा होमिएका व्यक्ति हुन् । आफ्नाे जागिरे जीवनबाटै राजनीति गरेका वि.सी.वीर अस्पतालका पूर्व चिकित्सक हुन् । उनले वीर अस्पतालमा हुँदा थुप्रै जिल्लावासीको सेवा गरेका छन् । स्वास्थ्यसँग संवेदनशिल विषयमा केन्द्रित रहेर उनले आफ्ना चुनावी नारा तय गरेका छन् । आफू चुनाव जितेर आएमा आफ्नो तलब क्यान्सर रोगीको उपचारमा खर्चने उदघोष उनले गरेका छन् । भलै आफैं डाक्टर भएको हुनाले स्वास्थ्य क्षेत्रका सुधार सम्बन्धी योजना पक्कै होलान् तर अन्य विकास योजनाहरुको वारेमा रायमाझी जत्ति अब्बल भने छैनन् ।
अहिले वि.सी.ले चुनावी प्रचारको एक कार्यक्रममा भनेछन्–‘‘टोप बहादुर रायमाझी बन्दुक बोकेर आएको मान्छे, म सुई बोकेको कसलाई मत दिने ? तपाईहरुै विचार’’ । वि.सी.लाई यो पनि हेक्का रहोस् रायमाझी जस्ता व्यक्तिले बोकेको बन्दुकबाट प्राप्त संघीय गणतान्त्रिक मुलुकको प्रतिनिधिको रुपमा चुनाव लड्ने यो ऐतिहासिक अवसर प्राप्त भएको हो भनेर ।
राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति निर्माण गर्ने थलो हो । एक कुशल राजनीतिज्ञको कुशल नेतृत्व र विचारले एउटा देश समृद्ध हुन समय लाग्दैन । स्वास्थ्य क्षेत्र सुधार हुन समय लाग्दैन । एउटा नेताले आफैं सुई बोकेर विरामीको उपचार गरेर स्वास्थ्य क्षेत्र सुधार हुने होइन । सफल नेतृत्वले सही नीतिको निर्माण गर्दै राज्यका संयन्त्रलाई प्रयोग गरी हजारौं डाक्टर उत्पादन गरी परिचालन गर्ने हो । यसर्थ पनि सुई बोकेर हिँड्ने डा.विसी. होइन बन्दुक बोकेर राजनीतिमा आएका रायमाझीलाई रोजौंं ।

रायमाझी पटक पटक मन्त्री र उप–प्रधानमन्त्री भैसकेका व्यक्ति हुन् । उनको अवको लक्ष्य प्रधानमन्त्री हो भने विसी. जिल्लाको राजनीतिमा सीमित व्यक्ति हुन् । यदि अव जितेर आएपनि प्रतिनिधिसभा सदस्य भन्दा माथि पुग्ने सम्भावना छैन । रायमाझी माओवादी केन्द्र दलको उपनेता समेत हुन् । उनी पार्टी सचिव हुन् भने वि.सी. पार्टीको महासमिति सदस्य मात्र हुन् । आफ्नो जिल्लाको नेता भई राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सफल रहनु र प्रधानमन्त्रीको दावेदार हुनु मात्र पनि जिल्लावासीको लागि खुशीको कुरा हो । यसर्थ पनि अर्घाखाँची जिल्लामा रायमाझीको विकल्प छैन । विगतका दिनमा जस्तै रायमाझीलाई पुनः एक पटक विजय गराएर समृद्ध अर्घाखाँचीको अभियान सफल पारौं ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: